दफा १६९
निर्देशन दिन सक्ने
नेपाल सरकार, विभाग वा अधिकार प्राप्त अधिकारीले यातायात व्यवसायीहरूलाई यातायात व्यवसायलाई प्रभावकारी बनाउन तथा यातायात सेवालाई सरल तथा सुलभ बनाउन आवश्यक निर्देशन दिन सक्नेछ । यसरी दिइएको निर्देशनको पालना गर्नु यातायात व्यवसायीको कर्तव्य हुनेछ ।